कोरोना भाइरसबाट विदेशमा रहेका १ सय २१ जना नेपालीको ज्यान गयो, १४ हजारभन्दा बढी सङ्क्रमित

 जेठ १८, २०७७ आइतबार ११:५४:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण शनिबार साँझसम्म विदेशमा रहेका १ सय २१ जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार यो हप्ता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार यूएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको ज्यान गएको छ । समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स ९यूएई० मा १९ जना नेपालीको ज्यान गएको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ । यस्तै साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्डमा १ जना र स्वीडेनमा १ जनाको ज्यान गएको छ ।
संयोजक डा।सापकोटाका अनुसार नेपाल बाहेक १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, यूएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजिल्याण्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिनुभयो । यो हप्ता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो ।

एनआरएनएले सहजीकरण गर्ने

यसैबीच विदेशस्थित नेपाली फर्काउन संघले सरकारलाई सघाउने भएको छ । सरकारले भारतबाहेक तेस्रो देशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन गरेको निर्णयको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्नुभएको छ । उहाँले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताउनुभएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघले शनिबार आफ्ना राष्ट्रिय समन्वय परिषदहरुसँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरुमा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा। हेमराज शर्माले जानकारी दिनुभयो । छलफल मध्यपूर्वमा रहेका श्रमिकहरुको समस्याको बारेमा केन्द्रीत भएको संघले जनाएको छ ।

 

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया