बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै – भारतमा काेराेना भाइरसबाट दैनिक सङ्क्रमित हुनेकाे सङ्ख्या लगातार बढिरहेकाे छ । भारतमा पछिल्लाे २४ घण्टामा आठ हजार तीन सय ८० जना नयाँ सङ्क्रमित थपिएका छन् । याे एकैदिन सङ्क्रमित हुनेकाे सङ्ख्या अहिलसम्मकै धेरै हाे ।
भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा एक सय ९३ जनाकाे ज्यान गएकाे छ । मन्त्रालयका अनुसार भारतमा कुल सङ्क्रमितकाे सङ्ख्या एक लाख ८२ हजार एक सय ४३ पुगेकाे छ भने ज्यान गुमाउनेकाे सङ्ख्या पाँच हजार एक सय ६४ पुगेकाे छ ।
सङ्क्रमितमध्ये ८६ हजारभन्दा धेरै उपचारपछि निकाे भएका छन् । भारतमा काेराेना भाइरसबाट सबैभन्दा प्रभावित राज्य महाराष्ट्र बनेकाे छ । यहाँमात्रै ६५ हजार एक सय ६८ जनामा सङ्क्रमण पुष्टि हुँदा दुई हजार एक सय ९७ जनाकाे ज्यान गएकाे छ ।
त्यस्तै तमिलनाडुमा २१ हजार एक सय ८४ जनामा सङ्क्रमण पुष्टि हुँदा एक सय ६० जनाकाे ज्यान गएकाे छ । दिल्लीमा १८ हजार पाँच सय ४९ जनामा सङ्क्रमण पुष्टि हुँदा चार सय १६ जनाकाे ज्यान गएकाे छ । गुजरातमा १६ हजार तीन सय ४३ जनामा काेराेना पुष्टि भएकाेमा एक हजार सात जनाकाे ज्यान गएकाे छ ।
भारतमा लकडाउन खुकुलाे बनाएसँगै दैनिक सङ्क्रमित हुनेकाे सङ्ख्या बढिरहेकाे छ ।