कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पूर्वाधार निर्माणकाे लागि बजेट विनियोजन गर्न माग गर्नुभएकाे छ ।
आउँदो आर्थिक वर्षको बजेट राजस्व र व्ययको अनुमानमाथिको छलफलमा उहाँले कागजमा मात्रै भूमि फिर्ता गरेर नहुने भन्दै यस्तो माग गर्नुभएको हो ।
सरकारले आफ्नो भूमि फिर्ता गर्ने निर्णय गरेर संविधान संशोधन विधेयक सदनमा पेस गरेको अवस्थामा पनि त्यस क्षेत्रका विकासकाे लागि बजेटको व्यवस्था नभएकोप्रति उहाँले गुनासाे गर्नुभयो । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा मात्रै नभएर वास्तविकतामा पनि फिर्ता ल्याउन बजेट विनियोजन हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद पम्फा भूसालले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि बजेट ल्याउने प्रवृति नफेरिएको बताउनुभयो । उहाँले बजेटको सफल कार्यान्वयनका लागि र सिङ्गो देशको विकासकाे लागि प्रशासनिक पुनर्संरचनाको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले देश बाहिरबाट आउने नागरिकहरुको व्यवस्था र क्वरेण्टीनमा राख्ने कुरालाई ध्यानमा राख्दै पालिकामा पर्याप्त बजेट दिएर चलायमान बनाउनुपर्ने बताउनुभयो ।
उहाँले नेपाली नागरिकहरुको समयमै उद्धार नगरेकोप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'दुई महिनासम्म बाहिर गएका नागरिकलाई आउन नदिने, उनीहरुले कमाएको पनि दुई महिनामा खाएर सकियो, अहिले आफ्नै पैसामा आउ भन्नेजस्तो गैरजिम्मेवार केही हुन सक्दैन् ।'
सङ्घीयता कार्यान्वयनमा समेत चुनौती देखिएको उल्लेख गर्दै उहाँले यसको विषयमा बहस जरुरी रहेको बताउनुभयो । बजेटको विषयमा पर्याप्त छलफल नहुने र पावरमा पुगेपछि आफूभन्दा जान्ने कोही छैन भनेर सुझावहरु ग्रहण नगर्ने प्रवृतिले विकास हुन नसकेको उहाँले बताउनुभयो ।