नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५६७ पुग्यो, आजमात्रै १६६ थपिए

 जेठ १८, २०७७ आइतबार १६:३५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आइतबार एकैदिन एक सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै राैतहटमा २९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै सल्यानमा २५, धनुषामा २१, कालीकाेटमा र दैलैखमा १८/१८ जनामा काेराेना पुष्टि भएकाे हाे । 

त्यस्तै सप्तरीका १२, सर्लाहीका १०, बाँकेका आठ, पर्सा र कपिलवस्तुका पाँच/पाँच, झापामा चार, बाजुरा र कैलालीमा तीन/तीन जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।स्याङ्जामा दुई, तनहुँ, माेरङ र सुर्खेतमा एक/एक जना थपिएका हुन् । 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५६७ पुगेको छ । आज एक जना सङ्क्रमित डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या २२० भएको छ ।

कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया