आउँदाे आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भए राजनीति छाेड्छु : सांसद देव

 जेठ १८, २०७७ आइतबार १९:३२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आउँदो आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिनुभएको छ । 

राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद देवले आउँदो आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने बताउनुभयो । बैठकमा सांसद देवले बजेटको कुन वर्षका] लागि आएको हो भन्दै प्रश्न गर्नुभयो ।

बजेटमा सीमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको उहाँले बताउनुभयो । उहाँले सरकारलाई 'गरिबमारा' बजेट ल्याएको आरोप लगाउनुभयो ।

लकडाउनको कारण आपूर्ति शून्य भएकाेले कलोबजारी र बिचौलियाको सङ्ख्या बढेको र कृत्रिम अभाव तथा महँगीलाई रोक्ने खालको बजेट नआएको बताउनुभयो । कोरोना सङ्क्रमणको जोखिम बढ्दै जाँदा पनि सरकारले ६ अर्ब मात्रै बजेट छुट्याएको भन्दै आपत्ति जनाउनुभयो । 

पीसीआर परीक्षण गर्नसमेत नपुग्ने बजेट आएको उल्लेख गर्दै उहाँले कोरोना रोकथामकाे लागि अझै बजेट बढाउनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा गत वर्षभन्दा केही बजेट बढाइएको भए पनि मलखादमा ५ प्रतिशत र बिउबिजनमा १५ प्रतिशत कर बढाएर कृषि क्रान्ति नहुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया