नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक शुरु
बैशाख ८, २०८१ शनिबार
रुपन्देही - बुटवलबाट चार जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन ।
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत ३ जना कपिलवस्तु र एक जना रुपन्देहीका कोरोना सङ्क्रमित आइतबार बेलुका डिस्चार्ज भएको फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।
लगातार २ पटक स्वाब परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । उनीहरु १८ दिन अस्पताल बसेर घर फर्किएका हुन् ।
योसँगै उक्त अस्पतालबाट अहिलेसम्म १५ जना डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पतालको जनरल वार्डमा ३१ जना र एकजनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।