कर्णालीमा थप ७५ जनामा कोरोना पुष्टि, सङ्क्रमित पुगे १९८

 जेठ १९, २०७७ सोमबार १३:१५:३६ | मुना हमाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत – कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य सेवा महाशाखाले प्रेस विज्ञप्तिमार्फत सोमबार ७५ जनामा काेराेना सङ्क्रमण पाइएकाे जनाएकाे हाे । 

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १७ जना, सल्यानका १० जना र सुर्खेतका पाँच जनालाई कोरोना सङ्क्रमण देखिएको हो ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दैलेखका २२ जना र जुम्लाका १९ जनामा कोरोना संक्रमण देखिएको हो । जुम्लामा दुई जना सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म कर्णालीका पाँच जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । सुर्खेत, सल्यान, जुम्ला, दैलेख र कालीकोटमा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ९८ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया