भैरहवाकाे भीम अस्पतालमा काेराेना उपचार गराइरहेका २५ जना डिस्चार्ज

 जेठ १९, २०७७ सोमबार १५:१२:२२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालमा उपचारकाे लागि भर्ना भएका २५ जना कोरोना सङ्क्रमित साेमबार डिस्चार्ज भएका छन् । अस्पतालका अनुसार डिस्चार्ज हुनेमा चार वर्षीया बालिकासहित २२ जना पुरुष र दुई जना महिला रहेका छन् ।

रुपन्देहीको गैडहवाका एकै परिवारका तीन महिलासहित १० जना , लुम्बिनी सांस्कृतिक नगरपालिकाका पाँच जना , कपिलवस्तु नगरपालिकाका चार जना , कपिलवस्तुकै विजयनगरका एक जना , भारतीय नागरिक एक जना , भैरहवाका एक जना, पश्चिम नवलपरासीको प्रतापपुरका एक जना र सुस्ताका दुई जना डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन दर्नालले बताउनुभयो । 

लगातार दुई पटक परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएकालाई प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले खादा लगाउँदै पुष्पगुच्छा दिएर बिदाइ गरिएको दर्नालले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: चैत ११, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया