कोरोना सर्ने हल्लामा कृषि उपजको बिक्री र ढुवानी नरोक्नू : मन्त्रालय

 जेठ १९, २०७७ सोमबार १५:४८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि सामग्रीको ढुवानी र बिक्रीवितरण नरोक्न आग्रह गरेको छ ।

पटक–पटक कृषि सामग्रीको बिक्री र ढुवानी नरोक्न मन्त्रालयले ध्यानाकर्षण गराउँदा पनि केहि ठाउँमा ढुवानी हुन नदिइएको र तरकारी फाल्न बाध्य बनाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न भनेको हो । यसरी ढुवानी रोक्दा कृषकको उत्पादन खेर जाने, उनीहरुको मनोबल खस्कने र कृषि वस्तुको आयात बढ्ने कृषि मन्त्रालयले चेतावनी दिएको छ ।

स्वास्थ्यका मापदण्डहरु पालना गरी कृषि तथा पशुपंक्षी उपजहरुकाे ढुवानी र बिक्रीवितरण हुने व्यवस्था मिलाउन मन्त्रालयले फेरि अनुराेध गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया