जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
पन्ध्र वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सुर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, स्थायी ठेगाना भई लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सुर्यबहादुर तोलाङ्गी सार्कीलाई जबरजस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।
उनलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गएको वर्ष जेठमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गरेको थियो ।
अदालतले उनलाई जबरजस्ती करणी अपराधमा ६ वर्ष कैद र हाडनाता करणीमा थप १ वर्ष कैद गरी जम्मा ७ वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्ति तोकेको अदालतका सूचना अधिकारी गोपाल खनालले बताउनुभयो ।
उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ ।