कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
रुपन्देही - रुपन्देहीमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुईजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार वर्षासँगै लागेको चट्याङले जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका २ केटवलिया की ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका ५ की ५० वर्षीया कमलावती यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।
चयनमतीलाई तरकारी बारीमा गएको बेला र कमलावतीलाई खेतमा काम गरिरहेको बेला चट्याङ लागेको थियो ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।