प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल एभर्टनसँग पराजित
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौको रिजेन्सी बुटिक होटलबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।
कमलादीमा रहेको रिजेन्सी बुटिक होटलको १०४ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाण्डौ पानीपोखरी बस्ने ५९ वर्षीय पुरुषोत्तम अग्रवाल, पुतलीसडक बस्ने ६० वर्षीय रामचन्द्र सनहाई, बानेश्वरर बस्ने ६५ वर्षीय सुरेश अग्रवाल, डिल्लीबजार बस्ने ६३ वर्षीय नन्द किशोर शर्मा, लाजिम्पाट बस्ने ५८ वर्षीय अशोक अग्रवाल, पुतलीसडक बस्ने ६१ वर्षीय गोबिन्द अग्रवाल, सामाखुशी बस्ने ३६ वर्षीय निकी जोगाई, ललितपुर सानेपा बस्ने ६० वर्षीय बिमल खेतान र भक्तपुर मध्यपुर ठिमी बस्ने ५९ वर्षीय विमल अभुजालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले नगद २ लाख ७७ हजार ७ यस ७ रुपैयाँ, क्वाइन १ सय ७९ वटा र ५ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । जुवामा प्रयोग गरिएको क्वाइनसहित थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।