केके मार्ट र धन्वन्तरि ट्रेडर्सलाई कारबाही

 जेठ २०, २०७७ मंगलबार १५:४८:१८ | रासस
unn.prixa.net

काठमाण्डाै – बढी मूल्यमा रक्सी बिक्री गर्ने र बिलबिजक जारी नगरि आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारबाही गरिएको छ ।

जार अनुगमनकाे क्रममा खुद्रा मूल्यभन्दा बढी मूल्यमा नेपाली रक्सी बिक्री गरेबापत क्षेत्रपाटीकाे केके मार्टलाई जरिबाना तिराइएकाे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार ६५० रुपैयाँको रक्सीलाई ७९० रुपैयाँमा बिक्री गरेको भेटिएपछि मार्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही स्वरुप तीन लाख रुपैयाँ जरिबाना गरिएको हो । 'उपभोक्ताको गुनासोपछि अनुगमनकाे लागि हामी मार्टमा पुगेका थियौँ, अनुगमन टोलीले नै रक्सी खरिद गर्दा बढी मूल्य लिएको भेटिएपछि कारबाही गरिएको होे', उहाँले भन्नुभयो । 

त्यस्तै आज नै हाँडीगाउँमा रहेकाे धन्वन्तरि ट्रेडर्सले बिलबिजक जारी नगरि पतञ्जलि आयुर्वेदका सामान बिक्री गरेबापत दुई लाख रुपैयाँ जरिबाना गरिएको छ ।

उपभोक्ताको गुनासोलाई आधार बनाएर लकडाउन अवधिमा खाद्यान्न, सर्जिकललगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारबाही गरिँदै आएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ को कार्यान्वयनका लागि यही जेठ १४ गतेको निर्णयानुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत तोकिएको जनाइएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया