सङ्क्रमण रोकथामका लागि सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री गुरुङ

 जेठ २१, २०७७ बुधबार ६:४३:१२ | रासस
unn.prixa.net

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

जिल्ला सहकारी संघ कास्कीद्वारा प्रदेश विपद् व्यवस्थापन कोषमा राहत स्वरुप प्रदान गरिएको ४ लाख १ हजार ५ रुपैयाँको चेक बुझ्दै उहाँले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा प्रत्येक व्यक्ति सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कोरोना भाइरसको कारण सङ्घीयताको औचित्य पुष्टि भएको बताउँदै उहाँले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा रोकथाम तथा नियन्त्रणका काम प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री गुरुङलाई चेक हस्तान्तरण गर्दै अध्यक्ष भेषराज बरालले संघले आउँदा दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै वचत संघमा २ सय ७६ बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया