कर तिर्ने मिति तोकेर सरकारले पीडामाथि पीडा दियो : कांग्रेस

 जेठ २१, २०७७ बुधबार ११:४३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले जेठ २५ गतेसम्म कर तिर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसले विराेध जनाएको छ ।

संसदीय दलका नेता बालकृष्ण खाँडले विज्ञप्तिमार्फत कोरोनाको महामारीका बीचमा लकडाउन जारी रहँदा सरकारले कर तिर्न ताकेता गर्नु अत्यन्तै आपत्तिजनक निर्णय भएको बताउनुभएको छ ।

देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प रहेको र व्यवसाय, बैंक, वित्तीय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाइ  भइरहेको बेला सरकारले २५ गतेभित्र कर तिर्न लगाउनु अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठा भएको कांग्रेसको ठहर छ ।

आमनागरिकलाई पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय भएकाले २५ गतेसम्म कर तिर्न प्रकाशित सूचना सच्याउन कांग्रेसले माग गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया