बैतडीका पहिलो कोरोना सङ्क्रमित युवकको दोश्रो रिपोर्ट नेगेटिभ

 जेठ २१, २०७७ बुधबार १२:४:५७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - गएको जेठ ९ गते कोरोना पुष्टि भएका जिल्लाका पहिलो संक्रमित युवकको दोश्रो रिपोर्ट नेगेटिभ आएको छ ।  

शिवनाथ गाउँपालिकाका २२ वर्षीय सङ्क्रमित युवकको १० औं दिनमा स्वाब संकलन गरेर पठाएकोमा दोश्रो रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । 

अहिले युवकको जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको र स्वास्थ्य अवस्था समान्य रहेको छ । प्रहरीको हिरासतमा रहेका ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जेठ ९ गतेदेखि नै जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।

युवकको लगातार तेश्रो रिपोर्ट पनि नेगेटिभ आएमा मात्रै डिस्चार्ज गरिने भट्टले बताउनुभयो । सङ्क्रमित युवकको तेश्रो रिपोर्टका लागि स्वाब संकलन गरेर पठाइसकेको र रिपोर्ट आउन मात्रै बाँकी रहेको बताइएको छ । 

कोरोना सङ्क्रमित युवक शिवनाथ गाउँपालिकाकी १९ वर्षीय किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेकाले पुर्पक्षका लागि कारगार चलान गर्न अदालतले यसअघि नै आदेश दिइसकेको छ । सङ्क्रमित युवकले कोरोना जितेमा कारागार चलान हुने जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया