स्वास्थ्य मन्त्रालयलाई भेन्टिलेटर सहयोग

 जेठ २१, २०७७ बुधबार १४:३९:३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३० वटा भेन्टिलेटर सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएका विरामीहरुको उपचारको लागि सहयोग पु¥याउने उद्देश्य सहित चु जी फाउण्डेशन ले हेल्थ इन्भायोरोन्मेन्ट एण्ड काइभेट एक्सन फाउन्डेशन ‘हेकाफ ३६०’ मार्फत सरकारलाई ३० वटा जीवन रक्षक भेन्टिलेटर उपलब्ध गराएको हो ।

यसबाहेक पीपीई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लास लगायतका अत्यावस्यक स्वास्थ्य सामग्री समेत उपलब्ध गराएको हेकाफका अध्यक्ष महेश नकर्मीले बताउनुभयो । उहाँले कुल १ करोड ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा सङ्क्रमण बढ्दै गएको अवस्थामा बिरामीको उपचारलाई ध्यान दिँदै भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले सङ्क्रमण फैलिँदै जाने दर बढेकाले सरकारले अहिलेसम्म अवलम्बन गर्दै आएको नीतिमा परिवर्तन गरी अति संवेदनशील बिरामीलाई मात्र अस्पतालमा उपचार गरिने बताउनुभयो । सामान्य लक्षण समेत देखा नपरेका सङ्क्रमितहरुलाई क्वरेन्टीन अथवा आइसोलेसन सेन्टरमा उपचार गरिने मन्त्री ढकालले बताउनुभयो ।

उहाँले मन्त्रालयले उपचारको तयारीलाई तीव्रता दिएको अवस्थामा भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री सहयोग प्राप्त हुँदा आफुहरुको मनोबल बढेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया