प्रश्न–पत्र आउट भएको विषयमा सीटीईभीटीले थाल्यो छानबिन

 साउन १६, २०७५ बुधबार १९:५:१८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – वर्गीकृत छात्रवृति परीक्षा अन्तर्गत एचएको प्रश्न–पत्र जनकपुरबाट आउट भएको विषयमा सीटीईभीटीले छानबिन सुरु गरेको छ ।

प्रश्नपत्र आउट भएको छानबिन गर्न सीटीईभीटी मध्यमाञ्चलका क्षेत्रीय निर्देशक शिवहरि ढकालको नेतृत्वमा तीन सदस्य छानबिन टोली जनकपुर आएका छन् ।  

टोलीले प्रश्नपत्र आउट भएको केन्द्रका केन्द्राध्यक्ष , प्रशासनिक निकाय र सञ्चारकर्मीसँग भेटघाट गरी छानबिन थालेका हुन् । शनिबार सीटीईभीटी अन्तर्गत देशैभर भएको वर्गीकृत छात्रवृति परीक्षा अन्तर्गत एचएको प्रश्न–पत्र परीक्षा सुुरु भएको केहीबेरमै जनकपुरको संकटमोचन उच्च मावि परीक्षा केन्द्रबाट समाजिक सञ्जाल मार्फत आउट भएको समाचार उज्यालो अनलाईनमा सार्वजनिक भएको थियो

त्यसपछि संकटमोचन परीक्षा केन्द्रका केन्द्राध्यक्ष बलराम साह समेतले परीक्षा सुरु भएको १ घण्टा २० मिनेटपछि एक विद्यार्थीले झुक्याएर एचएको प्रश्न–पत्र आउट गरेको प्रष्ट पार्नु भएको थियो । केही कोचिङ सेन्टरको आर्थिक चलखेलमा प्रश्नपत्र आउट भएको श्रोतको दाबी छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया