चीनले विदेशी रिपाेर्टकाे खण्डन गर्दै भन्याे– 'डब्ल्यूएचओलाई जानकारी दिन ढिलाइ गरेका छैनाैँ'

 जेठ २२, २०७७ बिहिबार १२:१७:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनकाे विदेश मन्त्रालयले 'आफ्नाे सरकारले काेराेना भाइरससँग सम्बन्धित डाटा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई दिन ढिलाइ गरेकाे दाबी' काे खण्डन गरेकाे छ । 

चीन सरकारले यस किसिमकाे दाबी तथ्यभन्दा निकै पर रहेकाे र त्यसलाई पेस गर्नु 'गम्भीर रुपमा असङ्गत' भएकाे बताएकाे छ ।  

चीन सरकारकाे याे प्रतिक्रिया समाचार एजेन्सी एपीमा प्रकाशित एक रिपाेर्टपछि सार्वजनिक भएकाे हाे । जसमा चीनले काेराेना महामारीसँग सम्बन्धित आवश्यक जानकारी समयमै उपलब्ध नगराएकाे भन्दै विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरु 'निकै निराश' भएकाे बताइएकाे छ ।  

चीन सरकारमार्फत काेराेनासँग सम्बन्धित धेरैभन्दा धेरै जानकारी प्राप्त गर्नकाे लागि विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक रुपमा नै चीनलाई सराहना गर्ने गरेकाे याे प्रतिवेदनमा दाबी गरिएकाे छ । 

तर चीन सरकारले याे रिपाेर्टलाई तथ्यरहित बताएकाे छ । चीनले भनेकाे छ, 'चीनले काेराेना भाइरसमाथि जे काम गर्‍याे, त्याे पूरै विश्वकाे लागि उपलब्ध छ । तथ्याङ्क एकदम स्पष्ट छ र याे सबै जाँचमा सही साबित हुने हामीलाई विश्वास छ ।' 

यसैबीच चीनकाे नागरिक उड्डयन नियामकले विदेशी एअरलाइन्सलाई चीन आउने अनुमति दिने तर तत्काल त्याे सम्भव नभएकाे बताएकाे छ । 

खासमा शङ्घाईबाट प्रकाशित हुने अखबार 'द पेपर' ले चीनकाे नागरिक उड्डयन मन्त्रालयकाे एक आदेशलाई उद्धृत गर्दै एक रिपाेर्ट प्रकाशित गरेकाे थियाे, जसमा लेखिएकाे थियाे– 'चीन सरकार आफूले चाहेकाे केही विदेशी विमान कम्पनीलाई आफ्नाे उडान लिएर चीन आएने अनुमति दिन चाहन्छ ।' 

याे रिपाेर्ट अमेरिकाले चिनियाँ विमान कम्पनीकाे उडान आफ्नाे देशमा प्रतिबन्ध लगाएपछि सार्वजनिक भएकाे हाे । चीनले यसअघि नै अमेरिकी विमान कम्पनीलाई आफ्नाे देश प्रवेशमा राेक लगाइसकेकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया