गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - पछिल्लो समय युरोपका कतिपय देशमा लकडाउन खुकुलो भएपछि सडकमा साइकल यात्री अत्यधिक सङ्ख्यामा देखिएका छन् । तर विश्व साइकल दिवसकै दिन बुधबार भारतको प्रसिद्ध साइकल कम्पनीहरुमध्ये एटलस साइकल कम्पनी बन्द भएको छ ।
यसले सात सय कामदारको रोजगारी गुमेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विज्ञप्ति जारी गर्दै एटलस कम्पनीले बुधबारदेखि सबै उत्पादन बन्द गरेको जनाएको छ । कम्पनीले आर्थिक सीमितताका कारण उत्पादन बन्द गर्नुपरेको जनाएको छ । आर्थिक अभावको कारण कच्चा पदार्थ उत्पादन गर्न सकिने अवस्था पनि नरहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एटलस कम्पनीले सन् १९५१ देखि साइकल उत्पादन गर्दै आएको थियो । हरियाणामा आधारित कम्पनीले यसअघि सन् २०१४ मा मध्य प्रदेशको युनिट र सन् २०१८ मा हरियाणाकै सोनिपतको युनिटबाट उत्पादन बन्द गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।