कर्णाली प्रदेशमा १ सय ६ जना काेराेना सङ्क्रमित थपिए

 जेठ २२, २०७७ बिहिबार १४:४२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कर्णाली प्रदेशमा १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला तथा देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका ५ जना, साडुका २ जना र बाँसकोटमा एक जना गरी १ सय ५ जना तथा मुगुको खत्याडका एक पुरुषमा गरी १ सय ६ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख विवेक पुनमगरले जानकारी दिनुभएको छ ।  आज थपिएका १ सय ६ सहित कर्णाली प्रदेशमा २ सय १३ जनामा काेराेना सङ्क्रमणकाे पुष्टि भएकाे छ । 

 

यसअघि आज बिहान मात्रै गण्डकी प्रदेशमा १६ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए । आज थपिएका बिरामीको आधिकारिक जानकारी भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नै दिनेछ । योसँगै नेपालमा २४ सय ४७ जनामा कोरोना पुष्टि भएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया