वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
पाँचथर – सुरक्षाकर्मीसहित २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै तेह्रथुमको आठराई गाउँपालिका सिल गरिएको छ ।
कोशी अस्पतालमा गरिएको परीक्षणमा भारतबाट फर्केर तेह्रथुमको आठराइ गाउँपालिकामा रहेको क्वरेन्टीनमा बसेकी २० वर्षीय युवतीसहित दुई जनामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
गाँउपालिकाको आकस्मिक बैठकले अर्को सूचना नभएसम्मका लागि सिल गरिएको अध्यक्ष मानबहादुर लिम्बूले जानकारी दिनुभयो ।
आठराई गाँउपालिकाको क्वरेन्टीनमा केही दिनअघि भारतबाट आएका १७ जनासँगै ड्युटीमा खटिएका एक सशस्त्र र एक जनपथ प्रहरी गरी १९ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा २ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ कार्यालय तेह्रथुमले जनाएको छ ।
आठराई गाउँपालिका पाँचथरको सदरमुकाम फिदिम र हिलिहाङ गाउँपालिकासँग सीमाना जोडिएको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।