स्वदेश फिर्तीको लागि टिकट मिलाइदिन्छु भन्नेसँग सचेत हुनुहोस्, ठगीमा पनि पर्न सकिन्छ

 जेठ २२, २०७७ बिहिबार १६:६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ यूएईसहित खाडीका देश, मलेसिया लगायतका ठाउँमा कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्यामा पर्नुभएको छ ? सरकारले स्वादेश फिर्तीका लागि तोकेको प्राथमिकतामा पर्नुहुन्छ ? यदि त्यसो हो भने यो समयमा तपाईँलाई कसैले टिकट काटिदिन्छु, प्रक्रिया मिलाईदिन्छु भन्दै फोन गरेमा सचेत हुनुहोला ।

तपाईँले नेपाल फर्किन दूतावासको फारम भर्नुभएको छ र प्राथमिकतामा पर्नुभएको छ भने तपाईँलाई दूतावासले उडान र टिकट लगायतका बारेमा फोन गरेर आधिकारिक जानकारी दिनेछन् ।

दूतावासको हवाला दिँदै कसैले फोन गरेमा दूतावासमा जानकारी गराउन र ठगीबाट जोगिन दूतावासहरुले अनुरोध गरेका छन् । तपाईँलाई कसैले त्यस्तो प्रलोभन देखाएका आफू रहेको देशमा रहेको नेपाली दूतावासमा इमेल, फोन वा अन्य माध्यममार्फत जानकारी गराउन सकिन्छ ।

दूतावास, नेपाल सरकार र विभिन्न देशबीको समन्वयमा उद्धार हुने रसमस्याका बेला विभिन्न व्यक्तिबाट ठगी हुन सक्ने हुँदा यसतर्फ सचेत हुन अनुरोध गरिएको छ । त्यसैले यस्तो बेला दूतावासको आधिकारिक जानकारीलाई नै आधार मान्नुपर्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

2 Comments

  • Rabindra Dong

    June 5, 2020, 3:20 a.m.

    Hello I am from dubai al Quaz 1 बाट मेरो भिसा सकेर 3 महिना भयो company पनि बन्दा भयो मलाई आहिले समस्या भईरहको छ त्यसैले म के नेपाल जाना पाऊछु होला के मेलै नेपाल जाना को के के बिबरण पेष्ट गर्नु पर्ने हो केही जनकरी पाए हुन्थो

  •  0 Reply
  • Samir

    June 4, 2020, 5 p.m.

    फोन त उठाउँदैन यहाँ युएईमा...अरु त कुरै छोडौं / नेपाल दुतावास भन्नु मात्र हो ...हाम्रो करले तिरेको तलव खाएर हामीलाई नै मतलब गर्दैनन् /

  •  0 Reply

तपाईको प्रतिक्रिया