गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपालमा काेराेना सङक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनेकाे सङ्ख्या दुई सय ९० पुगेकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १२ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएका हुन् । नारायणी अस्पताल वीरगञ्जबाट पाँच जना र कलैया अस्पताबाट सात जना गरी १२ जना सङ्क्रमित निकाे भएर घर फर्किएकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयाे ।
डिस्चार्ज हुनेहरुमा २८ वर्षदेखि ४९ वर्षसम्मका पुरुष रहेका छन् । उनीहरु १० औँ दिनदेखि १७ औँ दिनकाे अवधिमा डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज भएका दुई सय ९० मध्ये दुई सय ३४ जना पुरुष रहेका छन् भने ५६ जना महिला रहेका छन् ।
यसैबीच अहिलेसम्म कुल ८४ हजार एक सय ३४ पीसीआर परीक्षण र एक लाख २५ हजार पाँच सय ६४ आरडीटी परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा तीन हजार आठ सय ६७ पीसीआर परीक्षण र पाँच हजार एक सय ८५ आरडीटी परीक्षण गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।