स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक जना पक्राउ

 जेठ २२, २०७७ बिहिबार १९:४५:२८ | केसी लामिछाने
unn.prixa.net

पर्सा – सशस्त्र प्रहरीले स्रोत नखुलेकाे २२ लाख ४८ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले बाहुदरमाई नगरपालिका ५ भौराटार निवासी २० वर्षीय प्रकाश शाहलाई स्राेत नखुलेकाे रुपैयाँसहित पक्राउ गरेको हाे । पर्साको पश्चिमी दक्षिणी सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा पैसा लिएर आउँदै गरेको अवस्थामा ती युवकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साका उपरीक्षक दीपेन्द्र कुँवरले बताउनुभयो ।

सशस्त्र प्रहरीका निरीक्षक हरी पराजुलीको कमाण्डमा खटिएको गस्ती टोलीले शाहलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीका अनुसार विशेष सूचनाको आधारमा बिहान साढे ९ बजेको समयमा चेक गर्दा मोटरसाइकलको ट्याङ्कीमा बनाइएको फल्स बटमभित्रबाट २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो । 

पराजुलीले शाह र बरामद भएको रकम आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बताउनुभयो  । उनकाे साथबाट  हजार, पाँच सय, सय र पचासका नोट बरामद भएकाे हाे । 

अन्तिम अपडेट: चैत १२, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया