भुल्केका सबै सङ्क्रमित निको, पूर्वाञ्चल विश्वविद्यालयमा कोरोना अस्पताल सुरु

 जेठ २३, २०७७ शुक्रबार ६:४२:१७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा भेटिएका कोरोना सङ्क्रमितहरु सबै निको भएर घर ग्फर्केका छन्  ।

गएको वैशाख ५ गते उदयपुरको भुल्केमा सङ्क्रमण देखिएको थियो । उदयपुरमा सङ्क्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के सङ्क्रमणको अन्त्य भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २७ जनालाई डिस्चार्ज गर्दै मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो ।  उहाँले जिल्ला अस्पताल धनकुटामा देखिएको सङ्क्रमणको पनि अन्त्य भएको बताउनुभयो । अस्पतालका ४ जना आज डिस्चार्ज भएसँगै अस्पतालभित्रको सङ्क्रमण पनि अन्त्य भएको मन्त्री घिमिरेले बताउनुभयो ।

धनकुटा जिल्ला अस्पतालभित्रको सङ्क्रमणको अध्ययन भइरहेको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो, ‘अस्पतालभित्र कसरी सङ्क्रमण भयो भनेर अध्ययन भइरहेको छ ।’

गोठगाउँमा कोरोना अस्पताल शुरु

सुन्दरहरैंचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा बिहीबारदेखि कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ । सामाजिक विकासमन्त्री घिमिरेले सङ्क्रमण देखिएकाहरुलाई गोठगाउँमा उपचार गर्नेगरी २ सय बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गोठगाउँपछि मेची अस्पतालमा कोरोना उपचार केन्द्र सञ्चालनको तयारी भइरहेको छ । कोरोनाको प्रकोप अझै बढ्ने देखिएसँगै विभिन्न स्थानमा उपचार  केन्द्र निर्माणको काम भइरहेको मन्त्री घिमिरेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया