बजेटको सूचनाले धेरै विद्युतीय गाडी जाँचपास भए भन्नु हल्ला मात्रै : भन्सार विभाग

 जेठ २३, २०७७ शुक्रबार ८:४५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भन्सार विभागले बजेट भाषणअघि सूचना चुहाएर धेरै विद्युतीय गाडीको आयात नभएको स्पष्ट पारेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय गाडीको भन्सार र अन्तशुल्क बढाउने सूचना बाहिरिएपछि सयौं गाडी रातारात भन्सार जाँचपास गराइएको भन्दै विरोध भएपछि भन्सार विभागले आयात भएका गाडीको संख्या र मिति सार्वजनिक गरेर असामान्य आयात नभएको स्पष्ट पारेको हो ।

भन्सार विभागका अनुसार २०७७ जेठ १ देखि १४ सम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधनहरु भन्सार जाँचपास भएका छन्् । जसमध्ये जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र जाँचपास भएका छन् । गतवर्ष पनि जेठमा ५४ वटा विद्युतीय गाडीहरु जाँचपास भएका थिए । गत वर्षकोभन्दा यो वर्ष आयात दोब्बरको नजिक पुगेको देखिएकोले यो वर्ष जेठमा ९३ वटा हुनु सामान्य कुरा भएको विभागको दावी छ । 

सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट वैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत्र २५ मा भन्सारमा आइपुगेका र जेठ ७ गते जाँचपास भएका ७५ वटा गाडी वैशाख ११ गते भन्सारमा आइपुगेका विभागले जनाएको छ ।

बजेटको एक हप्ता अगाडि जेठ ८ देखि १५ सम्मका ७ दिन जम्मा १८ वटा मात्र विद्युतीय गाडीहरु जाँचपास भएका  तर यही अवधिमा पेट्रोलियम गाडीहरु भने ३ सय ४३ भएका थिए । 

बजेट प्रस्तुतिको अघिल्लो दिन अर्थात जेठ १४ गते विद्युतीय गाडी २ वटा जाँचपास भएका थिए भने पेट्रोलियम गाडीहरु १ सय ७९ वटा आयात भएका थिए । 
भन्सार दररेट जेठ १४ गते राती मात्र यकिन हुने भएकोले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने सम्भावना नरहेको विभागले स्पष्ट पारेको छ ।  

चालु आर्थिक वर्षको श्रावणमा ९१ वटा, मंसिरमा ११२ वटा, पौषमा ९५ वटा गाडीहरु जाँचपास भएका र जेठमा ९३ वटा जाँचपास हुनु सामान्य भएको विभागले जनाएको छ । 

बजेट प्रस्तुतिको अघिल्लो दिन अर्थात प्रत्येक वर्षको जेठ १४ गते सामान्यतया धेरै राजश्व संकलन हुने गरेको भन्सार विभागले जनाएको छ ।  २०७७ जेठ १४ गते  १ अर्ब ७२ करोड रुपैयाँ, २०७६ जेठ १४ २ अर्ब १५ करोड रुपैयाँ र २०७५ जेठ १४ गते २ अर्ब १९ करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ । 

गएको आर्थिक वर्ष र यो आर्थिक वर्षमा आयात भएका विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने गाडीको संख्या यस्तो छ :

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया