‘मनाऔँ जैविक विविधता’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदै

 जेठ २३, २०७७ शुक्रबार १३:४८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘सेलिब्रेट बायो डाइभर्सिटी’ अथवा ‘मनाऔँ जैविक विविधता’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ ।

केही वर्ष यता वन विनास, अतिक्रमण, जलवायु परिवर्तनलगायत मानवीय कार्यले प्रकृतिमाथि ज्यादती बढ्दै गएको छ । यसको प्रत्यक्ष असर जैविक विविधतामा परेको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघले प्रकृतिको रक्षाका लागि आह्वान पनि गरेको छ ।  

राष्ट्र संघको तथ्याङ्कअनुसार पछिल्लो ५० वर्षमा झण्डै ६० प्रतिशत वन्यजन्तुको संख्या घटेको र सङ्क्रामक रोगका जीवाणु, जनावरबाट मान्छेमा सर्ने क्रम ४ गुणाले बढेको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रुपमा मनाउन थालिएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया