सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना सङ्क्रमित डिस्चार्ज

 जेठ २३, २०७७ शुक्रबार १६:२७:२३ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

कोरोनालाई नजिते पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।  

लक्षण नदेखिएका र स्वास्थ्य समस्या नभएका सङ्क्रमितलाई १४ दिन आइसोलेशनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ वर्षीय युवक तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ वर्षीय युवकलाई डिस्चार्ज गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयाे । 

उनीहरुलाई चिकित्सकको आवश्यक निर्देशनसहित डिस्चार्ज गरिएको हो । अब सेती प्रादेशिक अस्पतालमा २० जना सङ्क्रमितको उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया