कर्णालीमा थप १ सय जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ २३, २०७७ शुक्रबार १६:१७:१५ | मुना हमाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत – कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । याेसँगै कर्णालीमा सङ्क्रमितकाे सङ्ख्या चार सय ८९ पुगेकाे प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ९०, जुम्लाका चार जना, हुम्ला, दोलखा, गोरखा र रामेछापका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । दैलेखका सङ्क्रमितहरु दुल्लु नगरपालिका र महाबु गाउँपालिका रहेका छन् । सङ्क्रमित हुनेमा दुल्लु नगरपालिकाका २७ र महाबु गाउँपालिकाका ६४ जना रहेका छन् ।

यस्तै प्रदेश अस्पताल र पशुपंछी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख दुल्लु नगरपालिकाका एक जना, सुर्खेतका एक जना र जाजरकोटको एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

अन्तिम अपडेट: चैत ४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया