नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या ११ पुग्यो

 जेठ २३, २०७७ शुक्रबार १७:१३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।

 सुर्खेतमा कोरोना सङ्क्रमणकाे कारण एक जना युवकको ज्यान गएको पुष्टि भएसँगै नेपालमा कोरोनाकाे कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको हो ।

१४ दिन क्वरेण्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि घर फर्किएका पञ्चपुरी नगरपालिका १ का २८ वर्षीय युवककाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उनकाे मृत्यु भएछि गरिएको पीसीआर परीक्षणमा रिपाेर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया