२० लाख खाेप उत्पादन भइसक्याे, सुरक्षित र प्रभावकारी भए/नभएकाे जाँच गर्न बाँकी : ट्रम्प

 जेठ २४, २०७७ शनिबार १४:११:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अमेरिकाले काेभिड–१९ सङ्क्रमणबाट बच्नकाे लागि २० लाख खाेप उत्पादन भइसकेकाे दाबी गरेका छन् । ट्रम्पका अनुसार ती खाेप तयारी अवस्थामा छन्, अब वैज्ञानिकहरुले खाेप सुरक्षित र प्रभावकारी भएकाे/नभएकाे जाँच गर्न बाँकी छ । 

ट्रम्पले शुक्रबार भएकाे पत्रकार सम्मेलनमा याे दाबी गरेका हुन् । उनले खाेप तयार भइसकेकाे बताउँदै सुरक्षित भएकाे पुष्टि गर्नकाे लागि वैज्ञानिकले जाँच गर्न बाँकी रहेकाे बताएका हुन् । ठूलाे सङ्ख्यामा मानिसमाथि परीक्षण गर्नुअघि वैज्ञानिकहरुले मञ्जुरी दिनुपर्ने हुन्छ । 

यद्यपि ट्रम्पले कुन कम्पनी वा कुनै खास खाेपकाे बारेमा कुरा भइरहेकाे हाे भन्नेबारेमा प्रस्ट पारेका छैनन् । साथै उनले याे खाेपकाे प्रयाेग कहिलेदेखि सुरु हुन सक्छ भन्नेबारेमा पनि केही बताएका छैनन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पकाे याे पत्रकार सम्मेलनपछि अमेरिकाका वरिष्ठ सङ्क्रामक राेग विशेषज्ञ डाक्टर एन्थनी फाउचीले यसबारेमा कुनै टिप्पणी गर्न नसक्ने र राष्ट्रपतिकाे बयानकाे बारेमा कुनै जानकारी नभएकाे बताए । तर गएकाे मङ्गलबार डा. फाउचीले एक मेडिकल सेमिनारमा आउँदाे वर्षसम्म लाखाैँ खाेप तयार हुने विश्वास व्यक्त गरेका थिए । 

न्युयाेर्क टाइम्सकाे रिपाेर्ट अनुसार अमेरिकी प्रशासनले खाेप उत्पादन गर्नकाे लागि पाँच वटा कम्पनीलाई जिम्मेवारी दिएकाे छ ।  ती कम्पनीहरुमा माेर्डना, नाेभाभ्याक्स र फाइजरजस्ता कम्पनी समावेश छन् । 

डाक्टर फाउचीले मङ्गलबारकाे पत्रकार सम्मेलनमा यी कम्पनीमध्ये 'माेर्डना' सबैभन्दा अघि रहेकाे बताएका थिए ।

विश्वव्यापी रुपमा काेभिड–१९ काे खाेप उत्पादन गर्ने प्रयासमा अमेरिकी कम्पनी माेर्डनाले यसअघि नै ठूलाे सफलता हात पारेकाे दाबी गरेकाे थियाे । विश्व स्वास्थ्य सङ्गठनकाे स्वीकृतिमा खाेपकाे अनुसन्धान गरिरहेका विश्वका आठ वटा कम्पनीमा माेर्डना पनि हाे । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया