राजस्थान : अमेरिकी प्रहरीकाे कारबाही शैलीको झल्काे दिने घटना

 जेठ २४, २०७७ शनिबार १६:५:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – गएकाे हप्तामात्र अमेरिकी प्रहरीकाे एउटा भिडियाे भाइरल भएकाे थियाे, जसमा एक प्रहरी अधिकारीले एक अश्वेत व्यक्तिकाे गर्धनमा घुँडा राखेर जमिनमा दबाएका थिए । याे भिडियाे सार्वजनिक भइसकेपछि अमेरिकाकाे विभिन्न शहरमा प्रदर्शन भयाे । 

भारतमा पनि यस्तै प्रकारकाे एउटा भिडियाे भाइरल भएकाे छ । एक प्रहरी अधिकारीले घुँडाले एक व्यक्तिकाे गर्धन दबाएकाे देख्न सकिन्छ । 

राजस्थानकाे जाेधपुर जिल्ला र मुख्यमन्त्री अशाेक गहलाेतकाे गृह नगरकाे भाइरल भिडियाेमा एक प्रहरी अधिकारीले एक व्यक्तिकाे गर्धनमा घुँडा राखेर जमिनमा दबाएकाे र उसलाई पिटेकाे देख्न सकिन्छ । 

जाेधपुर प्रहरी कमिस्नरेटका प्रहरी कमिस्नर प्रफुल्ल कुमारले बीबीसीसँग भने, 'दुवै जना प्रहरी अधिकारी आफ्नाे ड्युटी गरिरहेकाे समयमा याे घटना भएकाे हाे । प्रहरी अधिकारीकाे रिपाेर्टकाे अनुसार राजकार्यमा वाधा गरेकाेप्रति मुद्दा दर्ता गरेर उसलाई गिरफ्तार गरेर न्यायिक हिरासतमा पठाइएकाे छ ।' 

प्रहरीकाे दुर्व्यवहारमा परेका व्यक्तिकाे नाम मुकेश प्रजापत हाे । मुकेशका पिता महादेव प्रजापतले भने, 'छाेरालाई भेट्दा उसकाे लुगा रगतले लतपतिएकाे थियाे र हात फ्र्याक्चर भएकाे थियाे । मैले प्रहरीसँग गुहार मागे तर प्रहरीले एक्स–रे पनि गरेन ।'

उनले अघि भने, 'हामी त अब शान्तिपूर्वक बसिरहेका छाैँ । हामीसँग खाने सामग्री पनि छैन । अब हामी के नै गर्न सक्छाैँ र ? मुकेशलाई न्यायिक हिरासतमा पठाइएकाे जानकारी पाएँ तर ऊ ईएसआई अस्पतालमा भर्ती भएकाे छ र काेराेनाकाे बहनामा उसलाई भेट्न पनि दिइएन ।'

वायरल भिडियाेमा पहेँलाे रङ्गकाे टिशर्ट लगाएका, जमिन दबिएका मुकेश कुमार प्रजापत तीन बच्चाका पिता हुन् र उनी मजदुरी गर्छन् । बिहीबार उनी मजदुरी गर्न घरबाट जाँदै गर्दा कथित रुपमा मास्क नलगाएकाे विषयलाई लिएर विवाद उत्पन्न भएकाे भिडियाे भाइरल भयाे । 

तर भाइरस भिडियाे भन्दा अघि प्रहरी अधिकारी आफैले बनाएकाे भिडियाेमा मुकेशले मास्क लगाएकाे देख्न सकिन्छ । 

मुकेशका पिताका अनुसार मुकेशले मास्क लगाएकाे भए पनि प्रहरी अधिकारीले उनीसँग पैसा मागिरहेका थिए । त्यसपछि रिसाएका मुकेशले प्रहरी अधिकारीसँग बहस गर्दा उल्टै कुटाइ खाएकाे बताइएकाे छ । 

मुकेशकाे घरमा उनकी पत्नी रानी र तीन बच्चा छन् । मुकेशकी पत्नी एक हाेस्टेलमा खाना पकाउने काम गर्छिन्, ठूलाे छाेरा ऋषि कक्षा ११ मा पढ्छन् र हाेटलमा काम गर्छन् । 

मुकेशलाई सडकमा सुताएर गर्धनमा घुँडाले दबाउने प्रहरी अधिकारीकाे नाम हनुमान गाेदारा हाे, उनी प्रताप नगर थानाका कन्स्टेबल हुन् । 

याे विषयमा बीबीसीले गाेदारासँग साेध्दा उनले भने, 'म र मेराे साथी राजू मीणा ड्युटी गरिरहेका थियाैँ । बिहीबार दिउँसाे १२ बजेतिरकाे घटना हाे याे । मुकेश विना मास्क थियाे र मैले उसकाे फाेटाे खिँच्दा बहस सुरु भयाे । मैले भिडियाे बनाउने क्रममा उसले माेबाइल खाेस्ने प्रयास गर्‍याे र मैले माेबाइल माथिल्लाे गाेजीमा राखेँ ।' 

कन्स्टेबल गाेदाराका अनुसार मुकेशले माेबाइल खाेस्ने प्रयास गर्दा उनी भुइँमा लडे र उनीमाथि गाेदारा लड्न पुगे । 'मुकेशले माेबाइल ढुङ्गामा बजारिरहेकाे थियाे, म र मेराे साथी उसकाे हातबाट माेबाइल फिर्ता लिने प्रयास गरिरेका थियाैँ', उनले भने ।

यही क्रममा मुकेशले उनकाे बर्दी च्यातिदिए र आँखा फाेर्ने धम्की दिँदै प्रहरी अधिकारीहरुलाई गाली दिएकाे गाेदाराले बताए । राज्य सरकारकाे तर्फबाट जारी महामारी अध्यादेशकाे अनुसार कारबाही गर्ने तयारी भइरहँदा उनी उत्तेजित भएर प्रहरी अधिकारीसँग मारपिट गर्न सुरु गरेकाे बताइएकाे छ । 

भाइरल भिडियाेपछि प्रहरी कारबाहीलाई लिएर प्रश्न उठिरहेकाे छ । याे घटनापछि राजस्थान प्रहरीकाे तुलना अमेरिकी प्रहरीकाे कारबाहीसँग गरिएकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया