'निसर्ग' चक्रवातकाे प्रभाव सकियो, आइतबारदेखि मौसम खुल्ने

 जेठ २४, २०७७ शनिबार १६:३१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अरब सागरबाट उत्पन्न भएको निसर्ग चक्रवातकाे प्रभाव नेपालमा समाप्त भएको छ ।

निसर्ग आँधीको कारण गएको बिहिबारदेखि आज अपराह्नसम्म देशका विभिन्न ठाउँमा पानी परेको थियो । आज बिहानदेखि देशैभरि परेको पानी अहिले रोकिएको छ । अहिले देशैभरि बदली भए पनि प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा मात्रै पानी परेको छ ।

आइतबारदेखि मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । तर स्थानीय वायुको प्रभावले क्षणिक वर्षा हुने सम्भावना छ ।

यसैबीच अबको सात दिनभित्र नेपालमा मनसुन भित्रिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट सुरु हुने मनसुनयुक्त प्रणाली अहिले भारतको कर्नाटकसम्म आइपुगेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यो प्रणाली म्यानमारसम्म पनि पुगेको छ ।

मनसुन भित्रिन चाहिने पाँच वटा प्रणालीमध्ये केही विकास भइसकेकाे र केहि विकास हुने क्रममा रहेकाे छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया