नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार २३५, शनिबार थपिए ३२३

 जेठ २४, २०७७ शनिबार १६:३७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप तीन सय २३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार सङ्क्रमित भएकामा दुई सय ८६ जना पुरूष र ३७ जना महिला छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरूमा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । 

त्यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमणलई जितेर शनिबार थप ३२ जना घर फर्केका छन्

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया