गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ११३ पुगे

 जेठ २५, २०७७ आइतबार ७:२०:२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा ३८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपएिकाहरुमा स्याङ्जाको वालिङ नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका १३ जना र भीरकोट नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका १ जना छन् ।

सङ्क्रमण पुष्टि हुनेहरुमा वालिङका २९,४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षका पुरुष रहेका छन् भने भीरकोट नगरपालिकाका ४५ वर्षका पुरुष रहेका छन् । 

यसैगरी बाग्लुङका १० जनामा बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २१, २९, १६ र १ जना उमेर नखुलेका पुरुष रहेका छन् भने ढोरपाटन नगरपालिकाका १ जना २६ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै गोरखाको गण्डकी गाउँपालिकाका ९ जना र पालुङटार नगरपालिकाका १ जना रहेका छन् ।

गण्डकी नगरपालिकाका संक्रमितहरुमा २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षका पुरुष रहेका छन् । त्यस्तै पालुङटारका १७ वर्षका पुरुष रहेका छन् ।
त्यस्तै नवलपरासी सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३०, ३५ र ४५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकीप्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

यो सहित गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ११३ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया