विदेशबाट उद्धार गरेर ल्याइएका गर्भवती र सुत्केरीलाई छुट्टै क्वरेण्टीनमा राखिने

 जेठ २५, २०७७ आइतबार १६:१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरेर ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वरेण्टीनको व्यवस्था गर्ने बताउनुभएको छ ।

मन्त्री गुरुङले गर्भवती तथा सुत्केरी महिलाका लागि क्वरेण्टीनलगायत अरु आवश्यक व्यवस्था गर्न सामाजिक सङ्घ संस्था परिचालन गरिएको पनि स्पष्ट पार्नुभयो । 

आइतबार विज्ञहरुसँगको भर्चुअल बैठकमा उहाँले कोरोना भाइरसको महामारीबाट असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत संवेदनशील वर्ग र समूदायको सुरक्षा गर्न सरकारले विशेष ध्यान दिइरहेको बताउनुभयाे । 

मन्त्री गुरुङले सरकाले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति लिएको र त्यसकाे लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । बैठकमा सहभागीहरुले महिलाकाे लागि छुट्टै क्वरेण्टीनको व्यवस्था गर्न र महिला हिंसाकाे घटना हुन नदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया