कोरोना विदेशबाट घर फर्कनेलाई मात्र होइन, जो कोहीलाई पनि हुन सक्छ, सचेत होऔं

 जेठ २५, २०७७ आइतबार १५:४९:५२ | कुञ्ज जोशी

विदेशबाट घर फर्किएकालाई भेदभाव गरिएको भन्ने कुरा सुन्नमा आएको छ । यो अमानवीय कार्य हो । त्यस्तो भेदभाव नहोस् भनेर हामीले जनचेतनामुलक सूचनादेखि विभिन्न कार्य गरिरहेका छौं । भेदभाव गर्नहुन्न भनेर हामीले हाम्रा सञ्जालहरुबाट सूचना र सन्देशहरु दिइरहेका छौं ।

हामीले स्वास्थ्यम न्त्रालय अन्तर्गत रहेर राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले हालको विश्वव्यापी कोरोना महामारीको सन्दर्भमा महामारीबाट बच्ने, यसको रोकथाम गर्ने, लकडाउन, क्वरेण्टीन, आइसोलेशनको बारेमा पूर्ण सूचना र सन्देशहरु सम्प्रेशण गरिरहेका छौं ।

विभिन्न मासमिडिया, अनलाइन मिडिया, एसएमएस, टेलिफोनमार्फत व्यापक रुपमा यसको प्रचारप्रसार भइरहेको अवस्था छ । तर अहिलेको सन्दर्भमा विगत दुई हप्तादेखि यता दिनदिनै कोभिड १९ का केस बढिरहेको सन्दर्भमा भारतीय नाकाहरुबाट घर फर्कनुभएकाहरुमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने भन्ने आशंकाका कारणले गर्दा समाजमा उनीहरुप्रति भेदभाव भएको भन्ने कुरा आइरहेको छ । 

कोरोना जो कोहीलाई पनि हुन सक्छ

विदेशबाट घर फर्कनेसँग मात्र कोरोना भाइरसको सङ्क्रमण छ भन्ने हिसाबले भेदभाव गर्नुपर्ने कुनै आवश्यकता छैन । कोभिड १९ भएका व्यक्तिले जो सुकैलाई पनि छुँदा हुन सक्छ ।

विदेशबाट घर आए या अरु कोही सङ्क्रमित भयो भन्दैमा भेदभाव गर्ने, अनेकखालका कुरा गर्ने यो काम गर्नु भनेको अमानवीय क्रियाकलाप हो ।

विदेशबाट घर फर्कनेमा कोरोना पुष्टि भएमा नेपाल सरकारले बनाएको मापदण्ड अनुसारको क्वरेण्टीनमा छुट्टै राखेर आराम गर्ने, उपचार गर्ने, सेवा सुविधा दिनुपर्छ । त्यसमा कुनै भेदभाव गर्नु हुँदैन र गर्न पाईंदैन भन्ने बारेमा हामीले विभिन्न एफएम रेडियो तथा टेलिभिजनबाट जानकारी दिइरहेका छौं ।

साबुनपानीले हात धुने, वाफ लिने, सामाजिक भौतिक दूरी कायम गरिएको अवस्थामा कोरोना सर्ने अवस्था हुदैन । त्यो उपाय गरेको खण्डमा सर्ने सम्भावना पनि हुँदैन । तर विदेशबाट घर आए या अरु कोही सङ्क्रमित भयो भन्दैमा भेदभाव गर्ने, अनेकखालका कुरा गर्ने यो काम गर्नु भनेको अमानवीय क्रियाकलाप हो । 
सरकारले यस्तो विभेद नहोस् भने समुदायस्तरमा पनि बुझाउने काम गरिरहेको छ ।

विभिन्न स्टेकहोल्डर पार्टनरहरुले आआफ्नो फ्रन्टलाइन वर्करबाट यो सम्बन्धित सन्देश व्यापक रुपमा प्रचारप्रसार भइरहेको छ । स्थानीयस्तरमा हाम्रो घर नजिकका स्वास्थ्य संस्थाहरु, जुन गाउँपालिका अथवा नगरपालिका अन्तर्गत पर्दछन्, त्यहाँका स्वास्थ्यकर्मीहरु, स्थानीयस्तरमा रहेका महिला स्वयंसेविकाहरु र स्थानीय जनप्रतिनिधिहरुलाई हामी परामर्श गर्ने काम गरिरहेका छौं ।

उनीहरुमा भेदभाव गर्नुपर्ने कुनै कारण छैन भनेर अभिप्रेरणा गर्ने, सन्देश फैलाउने कामको हामीले सुरुवात गरिरहेका छौं । प्रदेशस्तर र स्थानीय तहबाट पनि यस सम्बन्धमा काम भैरहेको छ भने हामीले स्वास्थ्य संस्थाका कर्मचारीहरु र हाम्रो स्वयंसेविकाहरुमार्फत पनि सूचना सम्पे्रषण गरिरहेका छौं । आशा गरौं बिस्तारै सबैले बुझ्दै जानुहुनेछ र यो भेदभाव पनि कम हुँदै जानेछ ।

भेदभाव नगरौँ, सचेत बनौँ

कोभिड १९ को सङ्क्रमण जो कोहीलाई पनि हुन सक्छ । तर सङ्क्रमण हुनेबित्तिकै सङ्क्रमित व्यक्तिबाट अरु व्यक्तिमा सरिहाल्छ भन्ने कुरा यथार्थ होइन । तर नसरोस् भन्नका लागि व्यक्तिले सुरक्षाका उपायहरु अपनाउनुपर्छ । जुन उपायका बारेमा नेपालभरै सबै जनाले थाहा पाइसक्नुभएको अवस्था छ ।

शंकास्पदभन्दा पनि सङ्क्रमित हुन सक्ने ठाउँबाट आएका व्यक्तिहरुको लागि आफैंले पनि सुरक्षाका उपाय अपनाउने र उहाँहरुलाई मापदण्ड अनुसारको क्वरेण्टीनमा राखेर आराम गराउने र लक्षण अनुसारको उपचार गरायो भने कोभिड १९ सर्ने सम्भावना हुँदै हुँदैन । 

अहिलेको सन्दर्भमा कोरोना सङ्क्रमित होस् या नहोस्, सबैले लकडाउन र व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु नै सङ्क्रमणबाट बच्ने उपाय हो । 

हामीले विदेशबाट मानिसहरु घर आए भनेर त्रसित हुनुपर्ने कारण केही छैन । तर अहिले सरकारले लागू गरेको लकडाउन र सुरक्षाका उपायहरु जोसुकै व्यक्तिले घरभित्र होस् या बाहिर लागू गर्नुपर्यो र पालना गर्नुपर्यो । अहिलेको सन्दर्भमा कोरोना सङ्क्रमित होस् या नहोस्, सबैले लकडाउन र व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु नै सङ्क्रमणबाट बच्ने उपाय हो । 

बाहिरबाट आउने, विभिन्न नाकाबाट नेपालभित्र प्रवेश गर्ने वा नेपालभित्रै रहेका सबैले आफ्नो सुरक्षाको उपाय अपनाउनुपर्यो ।

एकआपसमा कुनै पनि प्रकारको भेदभाव र छुवाछुत गर्नुपर्ने आवश्यकता छैन । सुरक्षाका उपाय अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो । यसको पालना गर्यौं भने हामी सबै कोभिड १९ बाट मुक्त हुन्छौं । 

(कार्यक्रम देश परदेशका लागि जोशीसँग गरिएको कुराकानीमा आधारित । )

अन्तिम अपडेट: चैत १, २०८०

कुञ्ज जोशी

जोशी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका प्रमुख हुनुहुन्छ।

तपाईको प्रतिक्रिया