दक्षिण एसियामा कोभिड–१९ प्रभाव बढ्दो : भारतमा मात्र दुई लाख ५३ हजारभन्दा बढी सङ्क्रमित

 जेठ २६, २०७७ सोमबार ८:४८:१७ | रासस
unn.prixa.net

काठमाण्डाै - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ । 

दक्षिण एसियाली देशहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार ३२९ भन्दा बढी छ भने पाँच हजार ९ सय ८८ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भइसकेको छ । 

सबैभन्दा कम प्रभावित दक्षिण एसियाली देश भुटान रहेको छ । भुटानमा आइतबारसम्म ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन ।

दक्षिण एशियामा दोस्रो बढी प्रभावित देश पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ९८ हजार ९४३ पुगेको छ भने दुई हजार २ जनाले ज्यान गुमाएका छन् । बंगलादेशको अवस्था पनि डरलाग्दो छ।

त्यस्तै बङ्गलादेशमा ६५ हजार ७६९ व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८८८ जनाको मृत्यु भएको छ । यसैगरी अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ३४२ पुगेको छ भने ३५७ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट बढी प्रभावित देशको सूचीमा नेपाल रहेको छ ।

हालसम्म नेपालमा तीन हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । यस्तै माल्दिभ्समा अहिलेसम्म एक हजार ९०१ जनामा कोरोना देखिँदा ८ जनाको मृत्यु भएको छ । श्रीलंकामा एक हजार ८१९ सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया