१० वर्षीय बालिकालाई करणी गर्ने ५४ वर्षीय व्यक्ति पक्राउ

 साउन १७, २०७५ बिहिबार ८:३४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – दश वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बु पक्राउ परेका छन् ।

गोठालो गएकी बालिकालाई लिम्बुले साउन ५ गते नै करणी गरेका थिए । तर घटनाबारे बालिकाले कसैलाई पनि थाहा नदिएपछि साउन ११ गतेसम्म घटना गुपचुप भएको थियो ।

घटनालाई गाउँमै मिलाउन प्रयत्न भैरहेको थाहा पाएपछि स्थानीय अधिकारकर्मीहरुको अगुवाईमा प्रहरीमा जाहेरी दिइएको थियो ।

घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय संक्रान्ति बजारको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक बासुदेव यादवले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया