कतार गएका श्रीमान् कहिल्यै नफर्किने बाटो लागेपछि शारदाले देखाएको आँट

‘एक वर्षमा फर्किन्छु भनेको अर्को दिन उठ्नु भएनछ’

 साउन १७, २०७५ बिहिवार १२:२५:५३ | मोहन पौडेल

काठमाडौं – केही महिनाअघिको कुरा हो शारदा ओझा भजन समूहमा गएर फर्किंदै हुनुहुन्थ्यो । मोटरसाइकलमा आएका एक पुरुषले बस्नुहोस् म परसम्म पुर्‍याइदिन्छु भने । 

शारदा बस्नुभयो । मोटरसाइकल केही पर पुगेपछि ती पुरुषले तपाईंको श्रीमान् कता हुनुहुन्छ भनेर सोधे । उहाँले श्रीमान त परमधाम गैसके भन्नुभयो । त्यसपछि ती पुरुषले उहाँलाई तपाईँ र म साथी बनौं न भनेर प्रस्ताव गरे । 

शारदाले संघर्षका कुराको सुरुवात आफूलाई परेको पीडाबाटै गर्नुभयो । शारदाका श्रीमान राजारामले मलेसिया र कतारमा ६/७ वर्ष बिताउनुभयो । २०६० साल साउनमा पहिलोपटक मलेसिया गएका शारदाका श्रीमान् ३ वर्षमा फर्किनुभयो । 

त्यति मात्रै होइन, उनले आफ्नी श्रीमती लामो समयदेखि बिरामी भएकाले साथी बन्न मन लागेको पनि बताए । उनले छोराछोरीलाई विदेश पठाउनुपर्यो वा अरु केही पर्यो भने पनि सहयोग गर्ने बताए ।

शारदालाई ती व्यक्तिको नियत ठिक नलागेपछि गतिलो जवाफ दिनुभयो । ‘मैले कसैको सहयोग चाहिँदैन । मलाई ७० सालमा दुःख आइपरेपछि तपाईँ जस्तो नीच सोच भएको मान्छेको अनुहार हेर्नु नपरोस भन्ने कामना गरेर हिँडिरहेको छु, अनि देख्न पनि नपरोस भन्दिएँ’ शारदाको अनुहारमा पीडासँगै आक्रोश देखिन्थ्यो । 

२०७० सालमा एक्लो भएर पीडा खेपेकी चितवन गंगानगरकी शारदा ओझालाई यस्तो कुराले त्यही दिन सम्झाइदियो । तर उहाँ आत्तिनु भएन । आफूलाई सम्हाल्नुभयो । अहिले त जिन्दगीको यात्रा एक्लै हिँड्न थालेको पनि ५ वर्ष पुग्यो । त्यसैले उहाँ त्यो पीडाभन्दा त्यसलाई बिर्सिएर अघि बढेका कुरा सुनाउँदा खुशी हुनुहुन्छ । 

श्रीमानको विदेश यात्रा

शारदाले संघर्षका कुराको सुरुवात आफूलाई परेको पीडाबाटै गर्नुभयो । शारदाका श्रीमान राजारामले मलेसिया र कतारमा ६/७ वर्ष बिताउनुभयो । २०६० साल साउनमा पहिलोपटक मलेसिया गएका शारदाका श्रीमान् ३ वर्षमा फर्किनुभयो । 

दलालले लगेकोमध्ये शारदाले ५ वर्षमा पटक पटक गरेर एक लाख रुपैयाँ उठाउनुभयो । एक लाख रुपैयाँ अझै उठाउन बाँकी छ । ऋण तिन सक्ने छाँट नदेखेपछि उहाँले कुखुरा पनि पाल्नुभयो तर बेच्ने बेला हुने बेलामा चितवनका अरु ठाउँमा बर्डफ्लु देखिएपछि बेच्न नपाउँदै गाड्नुपर्‍यो । 

यी तीन वर्षमा श्रीमानले पठाएको ८० हजार रुपैयाँ शारदाले जम्मा गर्नुभएको थियो । त्यही पैसाले घर बनाउन थाल्नुभयो । पिल्लर ठडिए, गारो लाग्यो । तर एउटाबाहेक अरु कोठामा झ्याल राख्न पैसा पुगेन । 

घर पूरा गर्ने रकम लिन राजाराम कतार जानुभयो २०६५ सालमा । एक लाख तिरेर गएका राजाराम तीन वर्ष  कतारमै बस्नुभयो । महिनाको २५ हजार कमाउनुहुन्थ्यो । त्यसरी जम्मा गरेर श्रीमानले पठाएको साढे तीन लाख रुपैयाँले शारदाले घर बनाउनुभयो । शारदाको घरमा दुई वर्षपछि सबै झ्याल ढोका बने । घर बनिसकेपछि फर्किएका राजाराम दुई वर्ष घरमै बस्नुभयो । 

अफगानिस्तान जान अढाई लाख डुबेपछि फेरि विदेशिन बाध्य 

त्यही बीचमा धेरै कमाइ हुन्छ भन्ने सुनेपछि उहाँलाई अफगानिस्तान जान मन लाग्यो । तर दलाललाई दिएको २ लाख रुपैयाँ पैसा उसैले खाइदियो । त्यो ऋण तिर्न घर छेउकै एउटा अफिसमा सेक्युरिटी गार्डको काम गर्नुभयो । महिनाको १६/१७ हजार रुपैयाँ कमाइ हुन्थ्यो । त्यसले घर खर्चमै ठिक्क हुन्थ्यो । 

दलालले लगेकोमध्ये शारदाले ५ वर्षमा पटक पटक गरेर एक लाख रुपैयाँ उठाउनुभयो । एक लाख रुपैयाँ अझै उठाउन बाँकी छ । ऋण तिन सक्ने छाँट नदेखेपछि उहाँले कुखुरा पनि पाल्नुभयो तर बेच्ने बेला हुने बेलामा चितवनका अरु ठाउँमा बर्डफ्लु देखिएपछि बेच्न नपाउँदै गाड्नुपर्‍यो । 

त्यही ऋण तिर्ने योजना बनाएर शारदाका श्रीमान. फेरि कतार जानुभयो । कात्तिकको १९ गते कतार उडेका श्रीमानले मंसिर १४ गते फोन गर्दा एक वर्षभन्दा धेरै नबस्ने योजना सुनाउनुभयो । ‘एक वर्ष बसें भने ऋण तिरेर सकिने रैछ त्यसपछि त फर्किन्छु भन्नुभयो’ शारदा भन्नुहुन्छ ‘मैले पनि हुन्छ फर्किनुस् यतै केही गरौंला भनें ।’

७५० रियाल तलब भएपनि ओभरटाइम गर्दा १५ सय रियाल पुग्थ्यो । त्यही आधारमा उहाँले एक वर्षमा ऋण तिरिसकिने हिसाब सुनाउनुभएको थियो शारदालाई ।तर कुरा गरेको २४ घण्टा पनि बित्न पाएन । एक वर्षमा घर फर्किने कुरा गरेर सुतेका शारदाका श्रीमान कहिल्यै नउठ्ने गरी बिदा हुनुभयो । ‘उहाँसँगै काम गर्ने मान्छेले उहाँ त हिजो खाना खाएर सुत्नुभएको उठ्नुभएन भनेर खबर सुनाए’ शारदाको अनुहार मलिन भयो । 

अनि सुरु भयो शारदा एक्लैको संघर्ष

१६ वर्षमा बिहे गरेकी शारदाले १७ वर्षमा छोरी जन्माउनुभयो । त्यसको एक वर्षपछि छोरा जन्म्यो । चार जनाको परिवार चलिरहेकै थियो । तर श्रीमानले परिवार चलाउने जिम्मा शारदालाई नै छोडेर जानुभयो ।

शारदाकी छोरी १२ कक्षामा पढ्दैछिन्, अनि छोरा ९ मा । विदेशमा मृत्यु भएकाका परिवारलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सहयोग गर्ने थाहा पाएपछि शारदाले छोरीलाई नर्स अनि छोरालाई इन्जिनियर बनाउने सपना देख्नुभएको छ ।

केही समय त शारदाले के गर्ने कसो गर्ने केही सोच्न सक्नुभएन । केही समयपछि भने उहाँले आफूलाई सम्हाल्नुभयो । आफ्नै उमेरका महिलाहरुसँग कुरा गर्दा र संगत गर्दा बिरक्त लाग्न सक्ने भन्दै उहाँले ६० वर्षभन्दा माथिका बुवाआमासँग मात्रै संगत गर्नुभयो । ‘उहाँहरुसँगै भजनमा जान थालें, त्यहाँ गएपछि संसार यस्तै रहेछ, जाने गएपनि बाँच्नेले सम्हालिनुपर्ने रहेछ भन्ने लाग्यो’ शारदा भन्नुहुन्छ । 

उहाँलाई श्रीमान नभएपछि अब गर्नुपर्ने आफैंले हो भन्ने सोच आयो । यही सोचले कुखुरा पाल्न थाल्नुभयो । सुरुमै धेरै लगानी गर्दा डुब्यो भने उक्सिन गाह्रो हुन्छ भन्ने लागेपछि दुई लाख ५० हजार रुपैयाँ ऋण लिएर खोर बनाएर कुखुरा पाल्न थाल्नुभयो ।

एक लाख ८० हजारमा खोरको सबै काम सकियो अनि चल्ला ७० हजारको हाल्नुभयो । अहिले त शारदाले ऋण तिर्नुभयो । गएको फागुनमा ऋण तिरिसकेकी शारदाले चैत अन्तिममा ३५ हजार हात पार्नुभयो ।

वैशाखमा ३०, जेठ ४० अनि असारमा ३८ हजार कमाइ भयो । कहिले थोरै बढ्छ अनि कहिले थोरै घट्छ । तर शारदाको कमाई ३० हजारभन्दा तल ओर्लिएको छैन । यसले उहाँलाई कुखुरा बढाउने आँट दिएको छ । 

५ सय वटा कुखुरामा थपेर एक हजार कुरा पुर्याउने योजना छ । उहाँले आफूसँग भएको ५ लाख रुपैयाँलाई ब्याजमा लगाएर ८ लाख पुर्‍याउनु भएको थियो । त्यसपछि धेरै पैसा ब्याजमा लगाउँदा उठेन भने डुब्न पनि सक्छ भन्ने लागेपछि त्यसमध्ये साढे ४ लाख रुपैयाँ निकालेर देवरकी छोरीसँग मिलेर ९ लाख रुपैयाँमा घडेरी किन्नुभएको छ । 

उदाहरणीय बन्ने सपना 

‘कमाउन जानुभएको श्रीमान बित्नुभयो भनेर म पनि विदेश गएको भए कुनै अरबीको घरमा काम गर्नुपर्थ्याे होला, सुरक्षित पनि हुने थिइन होला’ श्रीमानलाई विदेशमै गुमाउनुको पीडा छोप्दै शारदाले भन्नुभयो ‘तर अहिले त परिवारसँगै बसेर कमाइरहेको छु नि ।’  

शारदाकी छोरी १२ कक्षामा पढ्दैछिन्, अनि छोरा ९ मा । विदेशमा मृत्यु भएकाका परिवारलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहयोग गर्ने थाहा पाएपछि शारदाले छोरीलाई नर्स अनि छोरालाई इन्जिनियर बनाउने सपना देख्नुभएको छ । 

समाजमा एकल महिलाले पनि गर्न सक्छन भन्ने उदाहरण बन्ने आँट छ, शारदामा । आफूलाई केही भइहाल्यो भने छोराछोरीका लागि हुन्छ भनेर वर्षको १५ हजार तिर्ने गरी जीवन बीमा पनि गर्नुभएको छ उहाँले । अनि खेतबारी पनि जोड्नुभएको छ । खेतमा अर्को वर्षदेखि केराखेती गर्ने सोच बनाउनुभएको छ । श्रीमानले छोडेर गएको पीडामा पर्नि  धैर्य र आँटले शारदालाई आत्मविश्वास बढाएको छ ।

याे पनि हेर्नुहाेस्ः

अन्तिम अपडेट: भदौ ३०, २०७५

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया