चैतभित्रै नेपाल एअरलाइन्सका विमान कोरिया र जापान उड्ने, यसै वर्ष ८ वटा नयाँ जहाज !

 साउन १७, २०७५ बिहिबार १४:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल वायुसेवा निगमका विमान आउँदो चैतसम्म दक्षिण कोरिया, साउदी अरेबिया र जापानसम्म पुग्ने भएका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सार्वजनिक गरेको एकवर्षे कार्ययोजनामा निगमका विमानले यसै वर्षभित्र जापान, साउदी अरेबिया र जापानसम्मको उडान गर्ने उल्लेख छ । अहिले भित्राएका २ वटा वाइडबडी जहाजले जापान, कोरियालगायतका लामो दूरीमा सेवा दिने निगमले जनाएको छ । 

निगमले जापानसँग नेपाली जहाज उडानको सम्झौता समेत गरेको छ । यस्तै मन्त्रालयले आज सार्वजनिक गरेको कार्ययोजनामा यसै वर्षभित्र ६ वटा साना र २ वटा ठूला विमान किन्ने गरी निगमलाई टेन्डर आह्वान र खरिद आदेश दिने उल्लेख छ । 

६ वटा साना विमानले देशभित्र सेवा दिने र २ वटा न्यारो बडी जहाजले अन्रतर्राष्ट्रिय सेवा दिनेछन् । यस्तै  चैतभित्रै अन्तर्राष्ट्रिय उडान गर्ने सबै जहाजले दैनिक १४ घन्टा उडान गर्नैपर्ने, नेपाल आएको दोस्रो वाइडबडी जहाजले भदौभित्र उडान थाल्ने र सबै विमानको लागि प्राविधिक जनशक्ति पूरा गर्ने पनि कार्ययोजनामा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Ganesh Aryal

    Aug. 2, 2018, 4:42 p.m.

    भ्रस्टाचारले थला बस्न लागेको नेपाल वायुसेवा निगमले एक पछी अर्को सेवाहरु बिस्तार गर्दै गरेको सकारात्मक समाचार पढ्न पाउदा निकै खुशी लाग्यो। हरेक क्षेत्रमा एक जना मात्र पनि इमान्दार मान्छे हुने हो भने सर्बसाधारणले अनुभुत गर्ने बिकास देख्न पाईन्छ भन्ने उदाहरण संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले देखाएका छन। सकारात्मक कुरालाई पनि दलिय चस्माले हेरेर आलोचना गर्ने बानी परेका हामी नेपालीले राम्रो कुरालाई प्रोत्साहन नगरेर आफ्नै खुट्टामा बन्चरो हानेको कुरा कहिले बुझ्ने होला?

  •  0 Reply

तपाईको प्रतिक्रिया