नेपाल र पोर्चुगलबीचको सम्बन्ध विस्तारका लागि संयन्त्र निर्माण गरिने

 साउन १७, २०७५ बिहिबार १५:४५:५६ | उज्यालो सहकर्मी

काठमाडौं –नेपाल र पोर्चुगलबीच द्विपक्षीय सम्बन्ध विस्तारका लागि संयन्त्र निर्माण गर्ने समझदारी भएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार प्रतिनिधिसभाको बैठकमा नेपाल र पोर्चुगलबीच द्विपक्षीय सम्बन्ध विस्तारका लागि संयन्त्र स्थापना गर्ने समझदारी गरिएको जारी दिनु भएको हो । 

आफ्नो पोर्चुगल, बेल्जियम र लक्जेम्बर्गको हालै सम्पन्न ८ दिने भ्रमणबारे प्रतिनिधिसभालाई औपचारिक जानकारी गराउँदै उहाँले आफ्नो भ्रमणपछि पोर्चुगल र बेल्जियमबाट लगानी र पर्यटक अभिवृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले युरोपियन मुलुकहरुसँगको सम्बन्ध विस्तारबाट नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने भएकाले आफूले पोर्चुगल, बेल्जियमलगायतका मुलुकको भ्रमण गरेको पनि स्पष्ट पार्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा आफूले विश्व शान्ति र विकासोन्मुख राष्ट्रको पक्षमा सहकार्य गरेर अघि बढने समझदारी पनि गरेको दावी गर्नुभयो । परराष्ट्रमन्त्री ज्ञवाली युरापको विभिन्न मुलुकको भ्रमण पूरा गरी बुधबार स्वदेश फर्कनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया