प्रतिनिधिसभाले गर्यो १० विषयगत समिति गठन (सूचीसहित)

 साउन १७, २०७५ बिहिबार १६:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गत विभिन्न १० वटा विषयगत समिति गठन गरिएको छ ।

बिहीबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकले विभिन्न समितिको गठन गरेको हो । गएको जेठ २७ गते नै समिति गठनको लागि नाम दिन सबै दललाई आग्रह गरे पनि नेपाली कांग्रेसले नाम नदिँदा समिति गठनमा ढिलाई भएको थियो ।

विषयगत समिति अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति, कानुन न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ समिति, सार्वजनिक लेखा समिति गठन गरिएका छन् ।

 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया