मलेसियाको बेष्टिनेट कम्पनीसँग कुनै छलफल भएको छैन : दूतावास

 साउन १७, २०७५ बिहिबार १७:२३:३६ | उज्यालो सहकर्मी

काठमाडौं – मलेसियाको स्थानीय अंग्रेजी अनलाइन ‘द स्टार अनलाइन’ मा प्रकाशित समाचारप्रति नेपाली दूतावास मलेसियाले आपत्ति जनाएको छ । 

नेपाली कामदारसँग धेरै शुल्क लिने कार्यमा संलग्न मलेसियाको बेष्टिनेट कम्पनीले समस्या समाधानका लागि नेपाली दूतावाससँग छलफल गरेको र दूतावासले नेपाली कामदार पठाउने विषयमा लिइएको निणर्यका बारेमा पूनर्विचार नगरिने बताएको भनेर प्रकाशित समाचारप्रति दूतावासले आपत्ति जनाएको हो । 

समाचारमा बेष्टिनेटका प्रमुख कार्यकारी अधिकृत ईस्माली मोहम्मद नूरले समस्या समाधानका लागि मंगलवार नेपाली दूतावाससँग छलफल गरेको दावी गरेका छन् । दूई देशबीच सहमति भएपछि मात्रै समस्याको समाधान हुने दूतावासले बताएको समाचारमा उल्लेख गरेपनि कुनै छलफल नै नभएको भन्दै दूतावासले विज्ञप्ती मार्फत समाचारकाे खण्डन गरेकाे छ ।

समाचार झुठो भएको भन्दै दूतावाससँग सम्बन्धित विषयमा समाचार लेख्दा त्यस विषयमा दूतावाससँग एकपटक सोध्न मलेसियाका सबै सञ्चारमाध्यमलाई दूतावासले आग्रह पनि गरेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • मनोज सिँह रतोकी

    Aug. 4, 2018, 12:16 p.m.

    नभएको कुरा समाचारमा प्रेषित गर्नु महान अपराध हो र त्यस्तो नभएको समाचार प्रकाशित गर्ने र गराउनेलाई कानुनिक दायरामा ल्याउनु जरुरी हुन्छ। तर नेपाली दूतावास मलेसियाले के गरिरहेको छ त जुन समस्या मलेसियमा नेपालीहरुले भोगीरहेका छन। अबैधानिक बनेका छन, लुटपाट भएको छ, अनि समस्या छ भनेर दूतावासलाई जानकारी गराउँदा पनि किन कानमा तेलहालेर बस्छन त नेपाली दूतावास मलेसियामा रहि कार्यरत कर्मचारी?

  •  0 Reply

तपाईको प्रतिक्रिया