शुक्रबार थपिएका ४ सय २६ जना काेराेना सङ्क्रमित कहाँका ?

 असार ५, २०७७ शुक्रबार १७:७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा  ४ सय २६ जना सङ्क्रमित थपिएसँगै  कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा  विराटनगरमा भएको परीक्षणमा ३ जनामा काेराेना पुष्टि भएको छ ।  

जनकपुरमा भएको परीक्षणमा सर्लाहीका ११ जना र सप्तरीका ४ जनामा काेराेना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ७ जना, बाग्लुङका १८ जना, बैतडीका ६३, बझाङका ३ जना, बाजुराका ८ जना, डडेलधुराका ९ र धादिङका १ जनामा पुष्टि भएको छ ।

यस्तै डोटीका १५ जना, गोरखाका ११, कैलालीका ४६, कास्की, मकवानपुर र उदयपुरका २/२, काठमाण्डौका ३, मोरङ, सिन्धुली, चितवन र म्याग्दीका १/१ जना,  नवलपरासी पूर्वका २, सिन्धुपाल्चोकको २१ जना, तनहुँका १९ र पर्वतका ५ जनामा कोरोना पुष्टि भएको छ । 

यस्तै हेटौँडामा भएको परीक्षणमा मकवानपुरका ६ जना, शिक्षण अस्पताल काठमाण्डौमा भएको परीक्षणमा बैतडीका ५ जना, पोखरामा भएको परीक्षणमा स्याङ्जाका ३ जना, कास्कीका ६ जना, नवलपरासी पूर्वका २ जना र बाग्लुङका १४ जनामा पुष्टि भएको छ ।

रुपन्देहीमा भएको परीक्षणमा अर्घाखाँचीका ६ जना, गुल्मीका ९४ जना,  कपिलवस्तुका ४ जना, नवलपरासी पश्चिमका १ जना र रुपन्देहीका २ जनामा कोरोना पुष्टि भएको  छ । सेती अस्पतालमा भएको परीक्षणमा अछामका १ जना, कैलालीका ३ जना र कञ्चनपुरका २० जनामा काेरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया