त्रिविमा प्रवक्ता र सहप्रवक्ता नियुक्त

 साउन १८, २०७५ शुक्रबार १०:४८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं –  त्रिभुवन विश्वविद्यालयले भावना बज्राचार्यलाई प्रवक्ता र  नोदनाथ त्रिताललाई सह–प्रवक्ताको जिम्मेवारी दिएको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख बज्राचार्यलाई प्रवक्ता र शाखा अधिकृत त्रिताललाई सहप्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका गतिविधी, निर्णयहरु, र  विश्वविद्यालयसम्बन्धी सन्देश प्रवाह तथा सञ्चारमाध्यमसँग समन्वय गर्न सहज बनाउन प्रवक्ता र सहप्रवक्ताको व्यवस्था गरेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले जनाएको छ ।

नेपाल सरकारले जारी गरेको सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ३५ मा प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयले आफ्नो मन्त्रालय, विभाग एवं सरकारी निकाय तथा कार्यालयको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन कुनै अधिकृतलाई प्रवक्ता तोक्नुपर्ने व्यवस्था छ । 


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया