प्रहरीले गर्‍याे २५ रोपनी खेतको गाँजा नष्ट

 साउन १८, २०७५ शुक्रबार १२:३२:२९ | विमल बिष्ट
unn.prixa.net

डाेटी – जिल्ला प्रहरी कार्यालय डोटीले झण्डै २५ रोपनी क्षेत्रफलको जमिनमा रहेको गाँजा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुवबहादुर विष्टको नेतृत्वमा गएको टोलीले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ अन्तर्गत वन खेतमा बाँझो जमिन र खेतबारीमा उम्रिएको झण्डै २५ रोपनी क्षेत्रफल भित्र रहेको गाँजा नष्ट गरेको हो ।

जिल्ला सदरमुकाम सिलगढी क्षेत्रबाट नजिकको क्षेत्रमा रहेका पर्ने हुँदा दिनानु दिन गाँजा प्रयोगकर्ताहरुको संख्या बढेपछि नष्ट गर्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो ‘खाली जमिनमा गाँजा उम्रिएको र गाँजा खानेको संख्या पनि दिनहुँ थपिन थालेपछि हामीले नष्ट गर्ने अभियान चलाएका हौ ।’ 

त्यस्तै प्रहरीले यस अघि डोटीको जोरायल क्षेत्रमा रहेको १५ रोपनी क्षेत्रफल भित्ररहेको गाजा पनि नष्ट गरेको थियो । प्रहरीले यहाँका विभिन्न ठाउँका जमिनमा उम्रिएको गाजा नष्ट गर्न थालेपछि स्थानीयबासीहरु पनि खुशी भएका छन् ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया