सिक्दै गरेको ट्याक्सी खोलामा खस्दा आमाछोरा बेपत्ता

 साउन १८, २०७५ शुक्रबार १३:१६:४ | प्रताप बानियाँ

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्च नजिकै रहेको बहुउद्देश्यीय खेल मैदानबाट ट्याक्सी खोलामा खस्दा दुईजना बेपत्ता भएका छन् । 

शुक्रबार बिहान ध १ ज २५१ नम्बरको ट्याक्सी चलाउन सिक्ने क्रममा म्याग्दीखोलामा खस्दा आमा छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

ट्याक्सी खोलामा खस्दा पर्वत जलजला–२, बौरकी शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर खाती बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताउनुभयो । ट्याक्सी चलाउन सिकाउने न्यू बेनी इन्स्टिच्युटका प्रशिक्षकले आफू पिसाब गर्न गएको समयमा दुर्घटना भएको बताएको प्रनाउ बुढामगरको भनाइ छ । 

बेपत्ता आमाछोरा र ट्याक्सीको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । बहुउद्देश्यीय खेलमैदानको नाम दिएको मैदानको छेउमा हाटबजार सञ्चालनका लागि कृषि उपज सङ्कलन केन्द्रको भवन समेत रहेको छ । मैदानको डिलमा घेराबार तथा तारजाली लगाइएको छैन भने नजिकैबाट म्याग्दीखोला बग्छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया