चुनावकाे केही दिनअघि नयाशक्तिबाट फोरम छिरेका डा. सुरेन्द्र यादवले मन्त्री पड्काए

 साउन १८, २०७५ शुक्रबार १५:११:३० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.सुरेन्द्र यादव  संघीय सरकारको स्वास्थ्यराज्य मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँ संघीय समाजवादी फोरम नेपालको सिफारिसमा स्वास्थ्य राज्यमन्त्री बन्नु भएको हो ।

सांसद यादव आजै बेलुका स्वास्थ्य राज्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको जनाइएको छ ।

२०७२ मा चलेको लामो मधेश आन्दोलनमा जनकपुरमा खाद्यान्न संकलन तथा वितरण अभियान चलाई धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हजाराैं गरिब एवं विपन्न परिवारलाई राहत वितरण गर्नुभएको थियो ।

साथै उहाँले प्रगतिशील मधेशी समाज गठन गरी आन्दोलनमा सक्रिय हुनुको साथै आधा दर्जनभन्दा बढी गम्भीर घाइतेलाई निःशुल्क उपचार समेत गर्नुभएको थियो ।

आन्दोलन पश्चात नयाँशक्ति नेपालमा प्रवेश गर्नुभएको डा.यादव चुनावको केहिदिन अघि संघीय समाजवादी फोमरममा प्रवेश गर्नुभएको थियो ।

उहाँ चुनावमा आफ्ना प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलार्इ ५ हजारभ बढी मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया